पर्वत कोरोना अपडेट– संक्रमित संगै थप दुई जनालाई पनि कोरोना अस्पताल भर्ना गर्ने तयारी

पर्वत, जेठ २०/ पर्वत जिल्लामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएका ५ जना संगै थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना गर्ने तयारी छ ।
कोरोना संक्रमित संगै एउटै कोठामा रहेका कारण थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना भर्ना गर्ने तयारी गरिएको हो ।
पिसिआर परिक्षणमा नेगेटिभ आएपनि संक्रमण पुष्टि भएका ब्यक्ति संग एउटै कोठामा ५ दिन भन्दा लामो समय बसेका कारण थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना गर्ने तयारी गरिएको हो । उनीहरुलाई संक्रमित भन्दा छुट्टै राखिनेछ ।
भारतबाट उद्दार गरि क्वारेन्टाइनमा राखिएका ५ जना ब्यक्तिमा कोरोना पुष्टि भएपर्छि कुश्मा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ।
भारतबाट उद्दार गरि ल्याइएकाहरु मध्ये शनिबार ३९ जनाको थ्रोड स्वाब संकलन गरिएको थियो । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि लक डाउनकै अवधिमा आएक ४८ जनाको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।

संक्रमीत ५ जना मध्ये २ जना फलेवास नगरपालिका र ३ जना महाशिला गाउँपालिकाका छन् । उनीहरु मध्ये फलेवास नगरपालिकाका २० र ४० बर्षका दुई पुरुष छन् भने महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो