पर्वतमा भेटिएका सबै संक्रमितको उपचार पर्वत कोरोना अस्पतालमा भर्ना गरिने

पर्वत, जेठ २० । पर्वत जिल्लामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएका ५ जनालाई पर्वत अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गरिने भएको छ ।
भारतबाट उद्दार गरि क्वारेन्टाइनमा राखिएका ५ जनालाई कुश्मा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अस्थायी कोरोना अस्पतालमा भर्ना गरिने भएको हो ।
पर्वत जिल्लाका ७ वटै स्थानीय तहहरुको समेत सहयोगमा स्थापना गरिएको उक्त अस्पतालमा नै पहिलो पल्ट भेटिएका ५ जना कोरोना संक्रमितलाई उपचारका लागि भर्ना गरिने भएको हो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई कोरोना अस्पतालमा सारिएको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । कोरोना संक्रमीत भेटिएका उनीहरु भारतबाट आइ सदरमुकाम कुश्मा बजारका क्वारेन्टाइनमा बसेका थिए ।
संक्रमीत ५ जना मध्ये २ जना फलेवास नगरपालिका र ३ जना महाशिला गाउँपालिकाका छन् । उनीहरु मध्ये फलेवास नगरपालिकाका २० र ४० बर्षका दुई पुरुष छन् भने महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा। देवकोटाले जानकारी दिनुभयो । पर्वत कोरोना अस्पतालमा २० शैया रहेको छ । संक्रमितको बढ्दै जाँदा वेड संख्याको भने अभाव हुने देखिन्छ । भारतबाट आउने क्रम निरन्तर भइरहेका कारण संक्रमीतको संख्या अझै बढ्ने देखिन्छ ।
संक्रमण पुष्टि भएका संगै शनिबार ३९ जनाको थ्रोड स्वाब संकलन गरिएको थियो । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि लक डाउनकै अवधिमा आएक ४८ जनाको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।