नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघ्यो, थप १३ मा पुष्टि

काठमाडौं, जेठ १९/ नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नाघेको छ।
सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १८११ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझ कपिलवस्तुमा ७, पाल्पा र रुपेन्देहीका २-२ तथा नवलपरासी र गुल्मीका १-१ जनामा कोरोना पुष्टि भएको हो।