संघीय बजेट : पर्वतको पर्यटन पूर्वाधारमा १ करोड ९८ लाख बजेट

पर्वत, १९ जेठ । पर्वत जिल्लाको पर्यटन पूर्वाधार क्षेत्रमा कुल १ करोड ९८ लाख बजेट विनियोजन भएको छ । आगामी आर्थिक बर्षका लागि पर्वतका विभिन्न पर्यटकीय पूर्वाधार क्षेत्रहरुमा उक्त बजेट संघीय सरकारले विनियोजन गरेको हो ।
विनियोजीत आयोजना मध्ये महाशिला संरक्षण, दुर्लुङको क्यानोनिङ र गुप्तेश्वर गुफाको प्रवद्र्धनमा सवैभन्दा धेरै बजेट विनियोजन भएको छ ।
महाशिला गाउँपालिकामा रहेको महाशिलालाई पर्यटकीय क्षेत्र बनाउनका लागि ५० लाख, दुर्लुङमा रहोके क्यानोनिङ र होम स्टेको विकासका लागि ५० लाख र गुप्तेश्वर गुफा प्रवद्र्धन तथा पूर्वाधार विकास निर्माणका लागि ५० लाख रकम विनियोजन भएको छ ।
यसैगरी कुश्मा नगरपालिकामा रहेको कालीका भगवती मन्दिर बाटुलेचौरका लागि २ लाख ३५ हजार, मोहरपानी शिवालय क्षेत्र पर्यटन प्रवद्र्धन दुर्लुङका लागि २ लाख ६५ हजार, कालीका मन्दिर पूर्वाधार शंकरोखरी ३ लाख बहार मन्दिर पूर्वाधार शालीजा ३ लाख, बेउलीबासको विश्वकर्मा मन्दिरका लागि ३ लाख रकम विनियोजन भएको छ ।
यसैगरी सेतीवेणीको शालिग्राम शिलाका लागि ४ लाख तथा पिपलटारीको दलित सामुदायिक भवनका लागि १० लाख, ठानाकोट पार्क तिलाहारका लागि १० लाख र आर्थरमा गुरुङ संग्रालय निर्माणका लागि १० लाख रकम विनियाजन भएको छ ।