कपिलवस्तुमा थपिए ३९ कोरोना संक्रमित , एउटै जिल्लामा संक्रमितको संख्या ३ सय १०


बुटवल, जेठ १९ /कपिलवस्तुमा थप ३९ जना कोरोना संक्रमित थपिएका छन्।

कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार सोमबार जिल्लाका चार वटा नगरपालिकाका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा शिवराज नगरपालिकाका मात्रै २६ जना रहेका छन्।

नगरपालिकाको वडा नम्बर ४ का ११ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, वडा नम्बर ११ का ९, वडा नम्बर ३ का ४ तथा वडा नम्बर ६ र १० का १/१ जना छन्।

त्यसैगरी, जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर ८ का ८ जना र वडा नम्बर १० का २ गरी १० जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार थपिने बाँकी संक्रमितहरूमा महाराजगन्ज नगरपालिका वडा नम्बर १ र २ का १/१ जना पुरूष छन् भने वाणगंगा नगरपालिका वडा नम्बर ११ का दुई जना महिला रहेको कोरोना फोकल पर्सन थापाले जानकारी दिए।

संक्रमित सबै १७ देखि ५८ वर्ष उमेर समूहका छन्। संक्रमितमध्ये वाणगंगाका दुई जना महिलाबाहेक अरु ३७ जना पुरूष हुन्।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय १० पुगेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’