पर्वतको फलेबासमा पहिलो पटक देखियो डेंगु

पर्वत, जेठ १९/ पर्वत जिल्लामा पहिलो पटक डेंगुका बिरामी भेटिएका छन ।
पर्वतको फलेबास नगरपालिका वडा नं ५ की ६ बर्षिया बालिकामा डेंगु पोजेटिभ देखिएको हो ।
कोरोनाको महामारी संग जुधिरहेका बेला पहिलो पटक डेंगुका बिरामी देखिएपछि पर्वत अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो । गर्मी बढेका कारण लामखुट्टेको टोकाईबाट डेंगु एउटा बिरामीबाट अन्य बिरामी सर्ने खतरा रहन्छ । डेंगुको जोखिमबाट बच्न झुल लगाएर सुत्ने, घर परिपरीका झार र पानी जम्ने खाल्डाहरु पुर्ने काम गर्नुपर्छ । छिमेकी म्याग्दीमा पनि यस अघि डेंगुका बिरामी देखिएका थिए ।