जुम्लामा दुई प्रहरीसहित १९ जना र दैलेखमा थप २४ जनामा कोरोना संक्रमण

जुम्ला, १९ जेठ । जुम्लामा दुई प्रहरीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला बिभागले आइतबार मध्यरात सार्वजनिक गरेको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ ।

स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिनेमा जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका ९ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा उल्लेख छ ।

जुम्ला हिमा गाउँपालिकाका वडानं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष, वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ वर्षीय पुरुष गरि ९ै जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा खटिएका दुई जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी