म्याग्दीका सङ्क्रमितसँगै आएका १० जना गायब

पोखरा ,जेठ १८ / गण्डकी प्रदेशका स्थानीय तहले भारतीय नाका तथा विभिन्न जिल्लामा अलपत्र रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । त्यही क्रममा जेठ ९ गते भैरहवाबाट २३ जना यात्रु लिएर एउटा बस म्याग्दीका लागि गुड्यो ।

यात्रीहरू म्याग्दीमा पुनः क्वारेन्टिनमा बसे । त्यसैक्रममा कारोना परीक्षण गर्ने क्रममा एकजनामा पोजेटिभ देखियो । ती व्यक्तिको कोरोना परीक्षण नतिजा जेठ १५ गते पुष्टि भएको हो । बसमा सँगै यात्रा गरेका एकजनामा कोरोना पोजेटिभ देखिएपछि अन्य यात्रुको कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।

एउटै बसमा आएका २३ जनामध्ये हालसम्म १३ जनामात्रै सम्पर्कमा आएको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।

कोरोना पुष्टि भएको तीन दिनसम्म बाँकी यात्रु सम्पर्कमा नआएपछि प्रतिष्ठानले प्रेस विज्ञप्ति नै जारी गरेर सम्पर्क आउन/ल्याउन आग्रह गरेको छ ।

‘२३ जनामध्ये एक जना गोरखा जाने भनेर आँबुखैरेनीमा झरेका थिए । तीन जना लमजुङ जाने भनेर तनहुँ डुम्रेमा ओर्लिएको थाहा भयो,’ डा शर्माले भने, ‘दुई जना भने पोखराको पुरानो बसपार्कमा ओर्लिनु भएको बस चालकले जानकारी दिएका छन् ।’

उनले संक्रमितसँग सम्पर्कमा आएकालाई कोरोना सर्ने सम्भावना बढी हुने भएकाले तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरे। गण्डकीमा आइतबारसम्म २४ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये बागलुङका दुई जना र लमजुङका एकजना निको भई घर फर्किसकेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी