निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधयेक संसदमा प्रस्तुत

काठमाडौं ,१८ जेठ/नेपालको संविधान दोस्रो संशोधन विध्ययेक संसदमा पेश भएको छ । सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गरेकी हुन् ।

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि संविधान संशोधन विध्ययेक ल्याइएको हो ।

यसअघि बुधबार संसदको कार्यसूचीबाट संविधन संशोधन प्रस्ताव राखेर पनि हटाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीमा आन्तरिक छलफलका लागि समय मागेकाले बुधबारको बैठकअघि सार्वजनिक भएको संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ