बाजुरामा आइसोलेसनमा रहेका बालकको मृत्यु

बाजुरा १८ जेठ/ बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा रहेका एक बालकको मृत्यु भएको छ । बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए।

मृतक बच्चाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतक बच्चाको कोरोना रिपोर्ट आएपछि मात्र अन्त्येष्टिबारे निर्णय गरिने अस्पतालले जनाएको छ।बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेका बालकको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो ।

बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएका थिए।उनीहरुलाई बुढिगंगा नगरपालिका १ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।

बच्चासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ। बालक भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले जनाएका छन् । सुरुमा धुरालशैन क्वारेन्टाइनमा उपचार गरिए पनि निको नभएपछि सदरमुकामको आइसोलेसनमा रिफर गरिएको एक स्वास्थ्यकर्मीले बताए।

स्वाब संकलन गरेर तीनैजनाको पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी