५ दिनमै निको भइन कोरोना संक्रमित गर्भवती महिला

काठमाडौं, जेठ १८/ भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिला ५ दिनमै निको भएकी छिन।

हेटौंडा उपमहानगरपालिका वडा नं. १ की ती २५ वर्षीय महिलामा गत जेठ १४ गते कोरोना पुष्टि भएको थियो।

पुष्टि भएको ५ दिनमै भरतपुर अस्पतालले आइतबार उनलाई डिस्चार्ज गरेको हो।

उनको शुक्रबार र शनिबार लिइएको स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनको स्वाव संकलन जेठ १० गते भएको थियो। ल्याबले ४ दिनपछिमात्रै उनको रिपोर्ट दिएको थियो।

पौडेलले इम्युनिटी पावर बलियो भएर या उनलाई पहिले नै कोरोना लागेर निको हुने चरणमा रहेकाले छिटो निको भएको हुनसक्ने अनुमान गरे।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी