पर्वतको जलजला गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुँदै

पर्वत,जेष्ठ १८ /पर्वतको जलजला गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।
गण्डकी प्रदेश सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने अभियान अन्तर्गत जलजलामा औद्योगिक ग्राम बनाउन थालिएको हो । गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना सम्बन्धी नीतिगत निणर्य गर्न संघिय मन्त्रिपरिषदमा पठाएकोमा मन्त्रिपरिषद्ले गण्डकी प्रदेशमा जलजला गाउँपालिकालाई स्वीकृत दिएको हो । यस अघि पर्वतको विहादी गाउँपालिका सहित ११ वटा औद्योगिक ग्राम र २ वटा औद्योगिक क्षेत्रको स्थापना गर्न स्वीकृत गरे सँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा बजेट तथा कार्यक्रम स्वीकृत भएपछि औद्योगिक ग्राम स्थापना हुने भएको हो । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु.९२ लाख रकम र गण्डकी प्रदेश सरकारले रु. ५४ लाख गरी यो वर्ष रु.१ करोड ४६ लाख रुपैया आउने भएको छ । यसका लागि जलजला गाउँपालिकाले आवश्यक डिपीआर तयार गरेपछि वर्षेनी बजेट बिनीयोजन हुने गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार अब जुन स्थानमा जे उत्पादनको सम्भावना छ त्यहि बस्तु उत्पादन गरेर स्थानीय नागरिकको जीवनस्तर सुधारमा लाग्न यस्तो अभियान थालिएको बताउनुभयो ।
औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दुध, मह, चिया कफी, फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमुलक उद्योग निर्माण गर्ने उद्देश्य छ ।
प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उधोग तथा काठ, बेत बाँस जन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने छ भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग, बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिने भएको छ ।
जलजला गाउँपालिकाले वडा नं. २ मा जग्गा छनौट तयारी अवस्थामा राखेको छ । गाउँपालिका भित्र औद्योगिक ग्राम स्थापनाका लागि पर्याप्त जग्गा रहेकाले अब दुवै मन्त्रालयसँग सम्झौता गरेर आवश्यक प्रकृया अघि बढाईने जलजला गाउँपालिकाका सुचना अधिकारी लिलाधर सुवेदीले जानकारी दिनुभयो ।
जलजला गाउँपालिका विशेषगरी तरकारी, खाद्यान्न, फलफुल र जडिबुटीका लागि सम्भावना युक्त भएकाले औद्योगिक ग्राममा यिनै विषयहरुलाई प्राथमिकता दिएर काम गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षभित्रै आवश्यक पूर्वाधारको काम थालिने पनि बताउनुभयो ।
यो सँगै यस वर्ष पर्वतका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको काम शुरु हुने छ । यस अघि विहादीले वडा नं. २ वर्राचौरमा जग्गा व्यवस्थापन गरेर पूर्वाधार निर्माणको काम शुरु गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ