लकडाउनमा पनि पूर्वाधार साझेदारी कार्यक्रमबाट पर्वतको वारीबेनीदेखि लेखफाँट जोड्ने सडक स्तरोउन्नती

पर्वत ,जेष्ठ १८ //कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच पर्वतको जलजला गाउँपालिकाको वारीबेनी देखि मल्लाज हुदै लेकफाँट जोड्ने सडकको माइनडाडा क्षेत्रमा सडक ढलान गरिएको छ ।
कोरोनाको त्रास र लकडाउनका कारण कतिपय विकास आयोजना प्रभावित बनिरहेको अवस्थामा जलजला गाउपालिकाद्धारा सञ्चालित यो आयोजनाका निर्माण व्यवसायीले स्थानीय मजदुर र उपकरण परिचालन गरेर लक्ष्य अघिनै काम सकेका हुन् ।
वैशाख पहिलो हप्तादेखि सुरु गरिएको सडकको कटिङ, ग्रेड मिलाउने र ढलान गर्ने काम मंगलबार सकिएको छ । डोजर परिचालन गरेर ५०० मिटर सडक कटिङ र फिलीङ गरिएको छ । ५०० मध्य १३२ मिटर लम्बाई, ६ देखि ७ मिटर चौडाई भएको भिरालो सडकलाई डेढ मिटरका दरले गहिराएर ग्रेड मिलाइएको छ ।
१३२ मिटर उकालो सडकमा रड राखेर ढलान गरिएको छ । ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यो सडक आयोजना निर्माण गर्न सोमरस निर्माण सेवाका प्रतिनिधि रामबहादुर केसीले ४२ लाख रुपैयाँमा ठेक्का लिनुभएको थियो ।
लकडाउनका बावजुद स्थानीय मजदुर परिचालन गरेर आयोजनालाई निर्धारित लक्ष्य भन्दा अघिनै सकेको केसीले बताउनुभयो । ढलानलाई टिकाउ बनाउन केही दिन गाडी चल्न रोक लगाइएको छ ।
माइनडाडामा सडक ढलान गरेपछि बेनी मल्लाज सडकमा बस सञ्चालन गर्ने जलजला गाउपालिकाको योजना छ । माइनडाडा क्षेत्रको बक्स कटिङ गरिएको खोचभित्रको उकालो ग्रेड नमिलेको सडक जोखिमयुक्त थियो ।
माइनडाडाको सडक सुधार गर्न संघीय सांसद पदम गिरिले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत पचास लाख रुपैयाँ बिनियोजन गर्नुभएको थियो । गत वर्ष पनि सांसद गिरीको सिफारिसमा बिनियोजित पचास लाख रुपैयाँ बजेटबाट डेढ मिटर गहिराउनुका साथै घुम्तीमा पक्कि पर्खाल र नाली निर्माण गरिएको थियो ।
एक सय मिटर भन्दा बढी सडक ढलान समेत गरिएको थियो । गत वर्षनै जलजला गाउपालिकाले थप बीस लाख खर्चेर सुधारको काम गरेको थियो । ठाडो उकालो र चट्टानी पहाड भएको माइनडाँडाको भिरमा छ वर्षअघि ट्याक खोलिएको थियो ।
हाल सो ठाउँको सडकमा ग्रेड नमिलेका कारण जिप, ट्याक्टर र मोटरसाइकल बाहेक ठूला सवारी साधन आवत जावत गर्न सकेका छैनन् । पर्वत बेनीदेखि मल्लाज, लेकफाँट, शालीजा तथा म्याग्दीको राम्चे, नांगी जाने आउने सर्वसाधारणलाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी