कोरोना संक्रमणमा तीव्रता : शनिबार एकै दिन थपिए २०८

काठमाडौं , जेठ १७/गत माघमा नेपालमा पहिलो पटक देखिएको कोरोना भाइरस शनिबार दुई सयभन्दा धेरैमा देखियो। शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८९ जना नयाँ संक्रमित भेटिएको जनाएको थियो।
तर शनिबार साँझसम्म यो संख्या बढेर २०८ पुगेको छ। पछिल्लो पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ नयाँ संक्रमित पुष्टि भएसँगै एकै दिन संक्रमित हुनेको संख्या कीर्तिमानी २०८ पुगेको हो। यससँगै नेपालमा संक्रमितको संख्या १४२० पुगेको छ।
कर्णालीमा १९ थपिए
कर्णाली प्रदेशमा कोरोनाका १९ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ। शनिबारै दैलेखको दुल्लु नगरपालिकान-११ का ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ।
शनिबार रातिसम्म कर्णालीमा संक्रमितको ७८ पुगेको छ। शनिबार साँझ थपिएका १९ जनामध्ये शुभगाउँपालिका-५ कालिकोटका १९ वर्षीय पुरुष, त्यही ठाउँका ५० वर्षीय पुरुष, २६ वर्षीय पुरुष शुभकालिका गाउँपालिका-४ का २० वर्षीय पुरुष, २२ वर्षीय पुरुष, महाबै गाउँपालिका-२ का ४२ वर्षीय पुरुष, महाबै-७ का ५२ वर्षीय पुरुष, महाबै-२ का २१ वर्षीय पुरुष, शुभकालिका-५ कालिकोटका २१ र ४० वर्षीय पुरुष रहेका छन्।
यस्तै कालिकोटकै शुभकालिका-५ का २२ वर्षीय पुरु शुभकालिका-५ का २४ वर्षीय पुरुष शुभकालिका-४ का २० वर्षीय पुरुष शुभकालिका-५ कालिकोटकै ३५ वर्षीय पुरुष शुभकालिका-५ का २२ वर्षीय पुरुष, महाबै-५ का २० वर्षीय पुरुष र महाबै-७ का ३३ वर्षीय पुरुष रहेका छन्। शनिबारै मुत्यु भएका दैलेखको दुल्लु नगरपालिका-११ का एकजना र बाजुराका एकजनासहित कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठान जुम्लाको प्रयोगशालामा शनिवार साँझ १९ जनामा कोरोना पुष्टि भएको हो।
शनिबार अन्त कहाँ भेटिए?
शनिबार दिउँसो १८९ जना संक्रमित पुष्टि भएको थियो। जसमा १८५ जना पुरुष थिए भने ४ जना महिला थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका थिए।
जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका थिए। त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी थिइन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका थिए। प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका थिए। जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका थिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरु सबै सप्तरीका रहेका हुन्।
जसमा ८ पुरुष र एकजना महिला रहेका थिए। राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन्। त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भेटिएका थिए। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको थियो। नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भयो। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको हो। पर्साका एक पुरुष र एक महिला संक्रमित पुष्टि भएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला शनिबार दिउँसो १४ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरु सबैजना दैलेखमा थिए। कोशी अस्पताल बिराटनगरमा २ जनामा पुष्टि भएको थियो। संखुवासभाका दुई पुरुषमा कोरोना देखिएको थियो। शनिबार यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।