क्वारेन्टाइनमा मृत भेटिएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ : कोरोनाले मृत्यु हुनेको संख्या सात पुग्यो

सुर्खेत ,१७ जेठ/शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले मृतक युवाको पीसीआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका हुन् ।

भारतको गुजरातबाट १० दिन अघि फर्किएका ३५ वर्षीय युवक दुल्लु नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनको शनिबार बिहान चिया खाइसकेपछि मृत्यु भएको दुल्लुका मेयर घनश्याम भण्डारीले बताए । उनी बसेकै क्वारेन्टाइनमा ७९ जनासँगै बसेका छन् । कर्णाली प्रदेशमा कोरोनाका कारण यो पहिलो मृत्यु हो । नेपालमा कोरोनाकै कारण यसअघि नै छ जनाको मृत्यु भइसकेको छ । उनीसहित मृतकको संख्या सात पुगेको छ । कर्णाली संक्रमितको संख्या भने ७८ पुगेको छ ।

शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र आरडीटी विधिबाट एक हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक हजार एक सय ७६ आइसोलेसनमा छन् । शनिबार मात्र १३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११९ पुगेको छ । कोरोना जितेकामध्ये १७२ पुरुष र ४७ महिला छन् ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय ६०, प्रदेश नम्बर २ मा पाँच सय ४७, बागमती प्रदेशमा ४५ र गण्डकी प्रदेशमा २० जना संक्रमित छन्। यस्तै प्रदेश नम्बर ५ मा ५४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना गरी १४ सय एक जना संक्रमित छन्। संक्रमित भएका जिल्लाको संख्या ५३ पुगेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी