नेकपा सचिवालय बैठकमा मन्त्री ज्ञवाली, खतिवडा र नेता रावल सहभागी

काठमाडौं , १७ जेठ /नेपाल कम्युस्टि पार्टी (नेकपा) सचिवालय बैठकमा अमेरिकन सहयोग मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) विषयमा छलफल भइरहेको छ । बैठकमा सचिवालयका ९ सदस्यसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावलसमेत सहभागी छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ज्ञवाली, खतिवडा र नेता रावललाई शनिबारको सचिवालय बैठकमा अमन्त्रण गरिएको हो ।

बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल भइरहेको थापाको भनाइ छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालय सदस्य सहभागी छन् ।

बजेटमा एमसीसी उल्लेख नभए पनि सरकारले अन्तरदेशीय प्रशारण निर्माणका लागि ठूलो रकम विनियोजन गरेपछि नेकपाका नेताहरुले आशंका गरेका छन्। ‘संसदबाट अगाडि बढाउनुपर्ने विषय बजेटमा प्रस्तुत हुनु ठिक छैन’, एक सचिवालय सदस्यले भने, ‘हामीले यो विषयमा छलफल आवश्यक देखेका छौँ ।

शुक्रबार साँझ भएको प्रचण्ड र ओली बीचको भेटमा समसामयिक राजनीतिक कुराकानीसमेत भएको थियो। नयाँ नक्सा, निशान छाप परिवर्तनका लागि हुन लागेको संविधान संशोधन लगायतको विषयमा समेत छलफल गरेका नेताले शनिबारका लागि सचिवालय बैठक बाेलाएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी