पर्वतका सात स्थानीय तहलाई संघीय सरकारद्धारा २ अर्व ५२ करोड ५९ लाख बिनीयोजन

पर्वत , जेष्ठ १६ /आगामी आर्थिक बर्ष २०७७/७८ का लागि पर्वत जिल्लाको कुल बजेट २ अर्व ५२ करोड ५९ लाख हुने भएको छ । सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाद्धारा प्रस्तुत आगामी बर्षको बजेटमा समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान मार्फत उक्त रकम संघीय सरकारबाट जिल्लाका ७ वटा स्थानीय तहका लागि प्राप्त हुने भएको हो ।
जस मध्ये कुश्मा नगरपालिकाले कुल ५१ करोड १६ लाख रुपैंया प्राप्त गर्नेछ भने फलेवास नगरपालिकाले ५३ करोड ७५ लाख रुपैंया प्राप्त गर्नेछ । यसैगरी जलजला गाउँपालिकाले २९ करोड २४ लाख, पैयू गाउँपालिकाले २५ करोड ५२ लाख रुपैंया प्राप्त गर्नेछन । यसैगरी जिल्लाको महाशिला गाउँपालिकाले २५ करोड १० लाख, मोदी गाउँपालिकाले ३८ करोड ४३ लाख र विहादी गाउँपालिकाले २९ करोड ३९ लाख रुपैंया प्राप्त गर्ने भएको छ ।
कुश्मा नगरपालिकाले समानीकरण अनुदान तर्फ १३ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३७ करोड २९ लाख र समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।
यसैगरी फलेवास नगरपालिको समानीकरण अनुदान तर्फ १० करोड ८ लाख, शसर्त अनुदान तर्फ ४१ करोड ३२ लाख विशेष अनुदान तर्फ २ करोड ३५ लाख र समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।
जिल्लाको जलजला गाउँपािलकाले समानीकरण अनुदान तर्फ ९ करोड ४२ लाख, शसर्त अनुदान तर्फ १९ करोड ८२ लाख रुपैंया प्राप्त गर्नेछ ।
जिल्लाको पैयू गाउँपालिकाले समानीकरण अनुदान तर्फ ७ करोड ९४ लाख, शसर्त अनुदान तर्फ १७ करोड ५८ लाख रकम प्राप्त गर्नेछ ।
महाशिला गाउँपालिकाले भने समानीकरण अनुदान तर्फ ६ करोड ७२ लाख, शसर्त अनुदान तर्फ १५ करोड ८२ लाख, विशेष अनुदान तर्फ १ करोड २० लाख र समपुरक अनुदान तर्फ १ करोड ३६ लाख रुपैंया प्राप्त गर्नेछ ।
यसैगरी मोदी गाउँपालिकाले समानीकरण अनुदान तर्फ ९ करोड ३१ लाख, शसर्त अनुदान तर्फ २६ करोड ९२ लाख विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान तर्फ १ करोड २० लाख रुपैया प्राप्त गर्नेछ ।
विहादी गाउँपालिकाले समानीकरण अनुदान तर्फ ७ करोड ४९ लाख, शसर्त अनुदान तर्फ १७ करोड ९० लाख र समपुरक अनुदान तर्फ ४ करोड रुपैंया प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी