चीनसँग जोडिएको मुस्ताङमा सशस्त्रको बोर्डर आउट पोस्ट

पर्वत, जेठ १६/ उत्तरी छिमेकी चीनसँग जोडिएको मुस्ताङमा पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जना खटिने गरी कोरला नाकानजिकै नेचुङ्‍गमा पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए।

सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा, डिआइजी कवीन्द्रमान श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, समन्वय प्रमुख छिरिङलामु गुरुङ, लोमान्थाङ गाउँपालिकाका प्रमुख नम्दु गुरुङ, दामोदरकुण्ड गाउँपालिकाका प्रमुख लोप्साङ राजु विष्ट लगायत उपस्थितिमा बिहीबार पोस्ट स्थापना गरिएको हो।

प्रजिअ अर्यालका अनुसार सिमानाबाट नेपालतर्फको ११ किलोमिटर भित्र स्थापना गरिएको पोस्टबाट तत्कालका लागि सीमा रक्षा, चोरी तस्करी नियन्त्रण र बिपद् व्यवस्थापनको काम हुनेछ। कोरला नाका सञ्चालनमा आएपछि चीनसँग हुने आयात निर्यातको बेलामा भने पोस्टबाट नै भन्सार र राजश्‍ गस्ती पनि गरिनेछ। ‘सीमा नाकामा पोस्ट स्थापना भएको छ।

अब सीमाको अनुगमन, अपराध नियन्त्रण, राजस्व सङ्कलन र चोरी निकासी नियन्त्रणमा ठुलो सहयोग पुग्छ,’ प्रजिअ अर्याल भन्छन्, ‘अहिले कोरला नाका संचलनमा नआइसकेकाले पोस्टमा रहने सशस्त्र प्रहरीको पहिलो काम सीमारक्षा, दोस्रो चोरी तस्करी नियन्त्रण र तेस्रो बिपद् व्यवस्थापन हुने छ। नाका खुलेपछि त्यही पोस्टबाटै भन्सार र राजश्‍व गस्ती हुने छ।’ यसअघि चीनसँग सीमा जोडिएको सङ्खुवासभामा बीओपी स्थापना भएको थियो। भारततर्फ जोडिएका तीन दिशाका नाका र चीनसँगको उत्तरी नाकामा गरी हालसम्म कुल १ सय २२ स्थानमा बीओपी स्थापना भएका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी