गण्डकीमा १० हजार ९२५ जनाको कोरोना परीक्षण,संक्रमितको संख्या १९ पुग्यो

पर्वत , जेठ १६ /कोरोना भाइरस संक्रमणको शंकामा गण्डकी प्रदेशमा १० हजार ९२५ वटा नमुना परीक्षण गरिएको छ।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार बिहीबार अपराह्नसम्म पिसिआर विधिबाट दुई हजार ५६९ र आरडिटी विधिबाट आठ हजार ३५६ जनाको परीक्षण गरिएको छ।
पिसिआर विधिबाट गरिएका परीक्षणबाट गण्डकी प्रदेशमा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ। संक्रमित मध्ये २ जना निको भइसकेका छन्।