पर्वतका डिएसपी अर्यालको सरुवा, नयाँ डिएसपीमा अधिकारी आउँदै

पर्वत, जेष्ठ १६/ झण्डै चौध महिनादेखि पर्वतमा कार्यरत प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको सरुवा भएको छ ।
बिहीवार आज प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायव उपरिक्षकको सरुवा गर्ने क्रममा पर्वतका अर्याललाई पनि सरुवा गरेको हो । उहाँंको सरुवा प्रहरी प्रधान कार्यालय साईवर व्यूरो कानुनी परामर्श काठमाडौंमा गरेको छ । पर्वतमा भने नयाँं प्रहरी प्रमूखको रुपमा विश्वराज अधिकारी आउनुहुने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा काठमाडौमा कार्यरत अधिकारीको पर्वतका सरुवा भएको हो ।
पर्वतका प्रहरी प्रमुख श्यामु अर्याल पर्वत जिल्लामा सरुवा भई आएको करिव १४ महिना पुरा भएको छ । उहांँको कार्यकाल पर्वतमा प्रभावकारी बनेको पाईएको छ पर्वतमा शान्ति सुरक्षा र अमनचयनमा उल्लेख्य काम भएका छन् । पर्वतको विपद व्यवस्थापन,लैगिंक हिंसा रोकथाम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतका ७ वटै स्थानीय पालिकामा निरन्तर सचेतनाका कार्यक्रम अगाडी वढाउनू भएको थियो । पर्वत जिल्लाका सरोकारवाला राजनैतिक दल,स्थानिय पालिका,नागरिक समाज,संचारकर्मीसंग राम्रो समन्वय गरि शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भुमिका निर्वाह गर्नु भएको थियो ।
कतिपय प्रहरी प्रमुख विवादीत बनेर सरुवा हुने गरेका थिए । अर्यालको कार्यकाय भने पर्वतमा विवाद रहित बनेका छ ।
नोवेल कोरोना सक्रमणलाई न्यूनिकरण गर्न अर्यालले राम्रो भूमिका खेलेको कारण बुधवार मात्रै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले उहाँलाई सम्मान गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’