भारतबाट एकै दिन थप ३२ जना पर्वत भित्रिए

पर्वत, जेठ १५ / छिमेकी मुलुक भारतबाट पर्वतमा थप ३२ जना बिहीबार एकै दिन भित्रिएका छन ।
भारतबाट सिमानामा आएका ३२ जनालाई एकद्वार प्रणाली मार्फत पर्वतमा उद्दार गरि ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार मंगलबार अबेर राती र बिहीबार बिहान गरि ३२ जनाको उद्दार गरिएको हो । उद्दार गरिएकोमा कुस्मा नगरपालिकाका ६ जना, बिहादी गाउँपालिकाका ११ जना, फलेबास नगरपालिकाका ८ जना, महाशिला गाउँपालिकाका र पैंयुृ गाउँपालिकाका ३÷३ जना तथा मोदी गाउँपालिकाका १ जना रहेका छन ।
यस अघि ४५ जना भन्दा बढीको उद्दार भैसकेको छ । उद्दार गरिएकाहरुलाई कुस्माको बन्दना होटलमा बनाइएको पुलिङ क्वारेन्टाईनमा राखिएको छ। पुलिङ क्वारेन्टाईनमा राखिएकाहरुको पिसिआर परिक्षण पछि नेगेटिभ आएमा सम्बन्धित पालिकाको सामुदायिक क्वारेन्टाईनमा पठाउने तथा पोजेटिभ आएमा पर्वत कोरोना अस्पतालमा भर्ना गरिनेछ ।