बजेटमा पर्वत:पोखरा–सेतीबेणी–रिडी सडक राष्ट्रिय राजमार्ग

पर्वत ,जेठ १५ / नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै
अर्को पर्यटकीय गन्तब्य रिडी सम्म पुग्ने पोखरा रिडी सडक लागि सरकारले बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७७÷०७८ को बजेट मन्तब्यमा पोखराबाट – पामे– भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणी– रिडी सडकका लागि बजेट बिनियोजन गरिएको बताउनुभएको छ । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडक राष्ट्रिय राजमार्गमा परेपछि डाँडैडाडा सेतीबेणी देखि पोखरा सम्म पक्की सडकमा पुग्ने पर्वतबासीको चाहनाले मुर्तरुप लिने भएको छ ।
अर्थमन्त्रीले यो सडकका लागि बजेट बिनियोजन भएको बताएपछि बहुर्षिय ठेक्का मार्फत सडक निर्माण हुने छ । अहिले सम्म सडकको पर्वत र कास्की खण्डको सबैजसो भागमा ट्रयाक खोल्ने काम भैसकेको छ । अब सडक कालोपत्रे र बिस्तार हुने भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडी देखि पोखरा सम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै आउनु भएको थियो । २०७० सालको संबिधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उमेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो भने राष्ट्रिय सभा अध्यक्ष भएपछि गृह जिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गको रुपमा बिकास गर्ने बताउँदै आउनुभएको थियो । डाँडैडाडा सेतीबेणी देखि पोखरा जोड्ने सडक निर्माण गर्ने मेरो २० बर्ष पुरानो योजना भएकोले कालोपत्रे सडकमा सरर सेतीबेणी पोखरा पु¥याउने योजनाले मुर्त रुप दिने वाचा जिल्लाबासीलाई गर्नुभएको थियो ।
गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा गत बर्ष पनि परेको थियो । सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ ।
यस बर्षको बजेटमा पोखरा रिडी सहित पर्वत भएर जाने मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण कालीगण्डकी करिडोरका लागि पनि बजेट बिनियोजन भएको छ। कालीगण्डकी करिडोरको मालढुंगा बेनी सडकका लागि गत बर्ष नै बजेट बिनियोजन भएको थियो । कालीगण्डकी करिडोरको सेतीबेणी देखि नयाँपुल खण्ड सम्म स्तरोउन्नतीको काम र कतै ट्रयाक खोल्ने काम समेत भैरहेको छ।
समाप्त

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’