पर्वत प्रहरी प्रमुख अर्याल सहित होटल ब्यबसायी सम्मानित

पर्वत, जेठ १५ / पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल र दुई जना होटल ब्यबसायी सम्मानित हुनुभएको छ ।
जिल्लाको शान्ति सुरक्षा र बिपद् ब्यबस्थापनका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रहरी प्रमुख अर्याल सहित होटल बन्दकका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ र ब्लु एञ्जल्स रिर्पोटका सञ्चालक राजु आचार्य सम्मानित हुनुभएको हो ।
पर्वतबाट सरुवा भै चितवन जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रशंसा पत्रले सम्मान गर्नुभएको छ । प्रहरी प्रमुख अर्याललाई शान्ति सुरक्षा तथा बिपद् ब्यबस्थापनका लागि जिल्ला सुरक्षा समितिको सदस्यको रुपमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसापत्रले सम्मान गर्नुभएको छ । जिल्ला प्रहरी प्रमुख अर्याल सबै पक्ष संग समन्वय गर्दै बिबादरहित ढंगले शान्ति सुरक्षा कायम गर्न सफल हुँदै आउनुभएको छ।

यस्तै होटल ब्यबसायीहरु श्रेष्ठ र आचार्यले कोभिड १९ बिरुद्धको अभियानमा आफ्नो होटलहरुलाई पुलिङ क्वारेन्टाईनका रुपमा प्रयोग गरेका कारण प्रशंसापत्र प्रदान गर्नुभएको हो । पर्वतमा पहिलो पटक भारत र तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई उद्दार गरि पिसिआर परिक्षण नहुञ्जेल सम्म होटलहरुमा क्वारेन्टाईन बनाएर राख्न थालिएको छ। सक्रमण फैलन नदिन र परिक्षण कार्यलाई सजिलो बनाई संक्रमितलाई छिटो स्वास्थ्य संस्थामा लान पुलिङ क्वारेन्टाईनले ठुलो मद्दत पु¥याएको छ।