स्याङ्जाका ३ जनामा काेराेना पुष्टि, नेपालमा संक्रमितकाे संख्या ९८० पुग्याे

काठमाडौं, जेठ १५/ स्याङ्जामा बिहीबार बिहान तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै नेपालमा संक्रमितकाे संख्या नाै सय ८० पुगेकाे छ।

पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

वालिङका २२ र २६ वर्षका दुई पुरुष तथा वालिङकै ३९ वर्षकी एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिए। संक्रमण पुष्टि भएका तीनैजना गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा थिए।

उनीहरुलाई गाउँको क्वारेन्टाइनबाट सदरमुकामस्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको डा.शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ।

स्याङ्जमा बिहीबार थपिएका तीनसहित नेपालमा संक्रमितको संख्या नौ सय ८० पुगेको छ। आजै प्रदेश २ मा ७६ जनामा कोरोना पुष्टि भएको थियो। आज पुष्टि भएका ८९ सहित कुल संक्रमितको संख्या नौ सय ८० पुगेको हो। बुधबारसम्म नेपालमा नाैसय एक जनामा संक्रमण पुष्टि भएकाे थियाे।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’