सुर्खेतबाट ६ दिन पैदलै आएका चार जनालाई जलजलाका स्वयसेवकले समाते, चारै जना क्वारेन्टाइनमा

पर्वत, १३ जेठ/ लकडाउनको समयमा पनि लुकिछिपी पैदल हिँडेर सुर्खेतदेखि पर्वत आएका जलजला-७ धाईरिङका चारजना व्यक्तिहरूलाई गाउँपालिकाले आज क्वारेन्टाइनमा राखेको छ । सुर्खेतबाट लुकीछिपी ६ दिन लगाएर उनीहरु आजमात्रै जलजला आइपुगेका हुन् । आएका सबै एकै परिवारका सदस्य रहेको बुझिएको छ । गाउँपालिकाले खटाएका स्वयंसेवकहरूले उनीहरूलाई गाउँ प्रवेश गर्ने क्रममा मंगलबार नियन्त्रणमा लिएका थिए ।

देशभर कोरोनाको जोखिम बढ्दै गएपछि त्यसको संभावित खतराबाट बच्न जलजला गाउँपालिकाले गाउँ प्रवेश गर्ने हरेक व्यक्तिहरूको निगरानीका लागि विगत तीनसाता देखि गाउँपालिकाका ९ वटै वडामा स्वयंसेवक परिचालन गरेको छ । त्यसैगरि कोरोनाको आशंकामा पिसिआर परिक्षण गरिएका थप एकजनालाई समेत क्वारेन्टाइनमा राखिएको छ । ‘देशभर कोरोनाको संक्रमण बढ्दै गएकोले गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ‘यो महामारीबाट बच्नका लागि हामी आफैले साबधानी अपनाउनुको विकल्प छैन, त्यसैले गाउँ प्रवेश गर्ने सबै नागरिकमाथि निगरानी बढाइएको छ ।’-अध्यक्ष मल्लले भन्नुभयो ।

गाउँपालिकाले जलजला-४ मोहनचोकस्थित लुङ्दी आधारभूत विद्यालयमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनलाई सुविधा सम्पन्न बनाउने तयारी भएको अध्यक्ष मल्लले वताउनु भयो । ‘क्वारेन्टाइनमा बस्ने, खाने, नुहाउने व्यवस्था लगायत मनोरञ्जनका लागि फ्रि वाइफाईको व्यवस्था समेत गर्न लागेका छौं ।’- मल्लले भन्नुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’