पर्वतका प्रजिअ नेपालको सरुवा, रेग्मी नयाँ सिडियो

पर्वत, जेठ १२/ पर्वत जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा भएको छ ।
पर्वतमा एक बर्ष देखि कार्यरत प्रजिअ नेपालको चितवनमा सरुवा भएको हो । नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ । पर्वत जिल्लामा नयाँ प्रजिअको रुपमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुराज रेग्मी आउनुहुने भएको छ ।
गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।
मन्त्रालयले सोमबार पर्वत बाहेक बाँके, सप्तरी र जुम्लाका सिडिओको सरुवा गरेको
छ ।मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।
केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।