राष्ट्रिसभा अध्यक्ष तिमिल्सिनाले दिए इदको शुभकामना,सामाजिक दूरी कायम गर्दै पर्व मनाउन आग्रह

काठमाण्डौ, जेठ १२/ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुस्लिम समुदायको महान पर्व ईद उल–फित्रको अवसरमा शुभकामना सन्देश दिदै सरकारको निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै पर्व मनाउन मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ।
अहिले विश्व समुदाय कोरोना भाइरस ९कोभिड(१९० संक्रमणको कारण प्रवाभित भएको र नेपालमा पनि दैनिक रुपमा संक्रमण बढिरहेको बिषम परिस्थितिमा सामाजिक दूरी कायम गर्दै पर्व मनाउन मुस्लिम समुदायलाई आग्रह गर्नुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले शुभकामना दिदै कोरोनाको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातीलाई कसरी जोगाउने भन्ने कुरामा हामी सबै एकजुट हुनुपर्दछ भन्नुभएको छ । ‘बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित हाम्रो देशले समुदाय र धर्मको सम्मानमा विश्वास गर्ने उल्लेख गर्दै इद पर्वमा मुस्लिम समुदायले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास लिएको छु ’ शुभकामना सन्देशमा भनिएको छ ।