लकडाउनमा कांग्रेसका नेता कार्यक्रम गर्दै गाउँमा, सभा गर्दा महामारी फैलने भन्दै नेकपाको बिरोध
पर्वत , जेठ ११ / मृुलुकमा दुई महिना लामो लक डाउन चलिरहेको बेला नेपाली कांग्रेस पर्वतका नेता कार्यकर्ताहरु भने गाउँगाउँमा कार्यक्रम गर्नमा ब्यस्त बनेका छन ।
लक डाउनको समयमा नेपाली कांग्रेसले पर्वतको जलजला गाउँपालिकामा शनिबार दुई स्थानमा सभा गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँकमिटीले भने नेपाली कांग्रेसले जलजलामा लकडाउनको समयमा बिकास निर्माण र जनताका समस्या थाँती राखेर लक डाउन उल्लंघन गर्दै सभा सम्मेलन गरेको भन्दै बिज्ञप्ती निकालेर बिरोध जनाएको छ ।

नेपाली कांग्रेसले जलजला गाउँपालिका वडा नं ५मा श्रद्धाञ्जलीसभा र जलजला ६ मा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ । जलजला वडा नम्बर ५ का डिलकुमारी कार्कीको निधन भएको १३औ दिनमा शनिबार नेपाली काँग्रेस जलजला ५ लेखफाँटले श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो । सभामा काँग्रेस जिल्ला कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष रामकृुष्ण मल्ल सहितका नेताले सम्बोधन गरेका थिए । मल्लले गाउँपालिकाबासीको दुःख र पीडामा आफुसँगै रहेको बताएका थिए । कोरोना महामारीका कारण सामाजिक दुरी कायम गरेको दाबी गरिएको श्रद्धाञ्जलीसभामा नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसी, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जितबहादुर पुन, जलजला ५ का सभापति हरिप्रसाद शर्मा, सचिव एवम् जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार याम शर्मा पौडेल, कार्कीका नाती एवम् नेपाल तरुण दल जलजला ५ का अध्यक्ष रामचन्द्र कार्कीलगायतले बोलेका थिए ।

कांग्रेस जलजला गाउँपालिका ६ शालिजामा पार्टी प्रबेश कार्यक्रम समेत सम्पन्न गरेको छ। पार्टी प्रबेश गर्नेहरुलाई नेपाली कांग्रेसका जिल्ला कोषाध्यष रामकृष्ण मल्लले सदस्यता प्रदान गरेका थिए । सो कार्यक्रममा पनि प्रमुृख अतिथि मल्ल सहित गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुन, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेपाली कांग्रेसका क्षत्रीय सहसचिव जीतबहादुर मगर पुन, शालिजाका पूर्व गाविस अध्यक्ष ज्ञानबहादुर पाइजा, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं काँग्रेसका युवा नेता याम शर्मा पौडेल, जलजलाका काँग्रेस नेता बुद्धिप्रसाद सुवेदी, नेपाली कांग्रेस लेकफाँटका सभापति हरिप्रसाद रेग्मी लगायतले मन्तब्य गरेका थिए । नेपाली काँग्रेस शालिजाका सभापति बलबहादुर पूर्जाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यक्रममा नेकपा परित्याग गरि डेढदर्जन व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेको दाबी गरिएको छ । नेकपाका स्थानीय कार्यकर्ता तिलकुमारी सुवेदी, रेखा मल्ल सापकोटा, चण्डीप्रसाद सुवेदी र दण्डपाणी सुवेदी लगायतका रहेका छन ।
कांग्रेसले लकडाउनको समयमा सभाका नाममा जात्रा ग¥यो नेकपा

लकडाउनका समयमा गाउँमा सभा गर्ने र आफ्ना कार्यकर्ता प्रबेश गराएको घटनाबाट आक्रोशित भएको नेकपा जलजलाले बिज्ञप्ती प्रकाशित गरेर बिरोध जनाएको छ ।
नेकपा जलजला गाउँ कमिटीका तर्फबाट अध्यक्ष दिपक आचार्य(आकाश)ले आइतबार एक बिज्ञप्ती प्रकाशित गर्दै बिरोध जनाएका हुन ।
बिज्ञप्तीमा देश (कोभिड(१९)कोरोनाको संक्रमणले आक्रान्त बनिरहेको अबस्थामा जलजलाबासी जनताको विकास,शिक्षा ,स्वस्थ्य र जनताको जीवन रक्षाका लागि जिम्वेवारि बन्नुपर्ने जलजलाको स्थानिय सरकार आजभोलि केवल पार्टीको प्रचारप्रसार गर्ने जनसभा राख्ने पार्टी प्रवेश गराउने अविरजात्रा गर्ने काममा मात्र केन्द्रित भएको आरोप लगाएका छन । आचार्यले भेला राख्ने हुल जम्मा गर्ने अविर जात्रा गर्ने कार्य गर्दा महामारि फैलियो भने कस्ले जिम्मेवारी लिने भन्ने प्रश्न राख्दै स्थानिय सरकार प्रमुखले नै यस्ता गतिविधि गर्ने लकडाउन पालना नगर्ने कृयाकलापले जनता आतंकित भएको बताएका छन ।
‘कोरोना कोभिड १९ बाट जनतालाइ बचाउने, लकडाउनको अबस्थामा जनता महङ्गीको चपेटामा परेको अबस्थामा बजार अनुगमन गरि जनतालाई राहत दिनुको साटो, जिम्वेवार जनप्रतिनिधिहरु आफ्नो जिम्वेवारि बहन गरेका छैनन’ बिज्ञप्तीमा भनिएको छ ।