बाग्लुङको पश्चिमी क्षेत्रका ४ वटा पालिका सिल

बाग्लुङ ,जेठ ११/ बाग्लुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका ,निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा आजदेखि जेठ २० गतेसम्मका लागि सिल गरिएको छ ।

लकडाउनलाई मध्यनजर गर्दै ४ वटै पालिकाका प्रमुख, उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ४ वटै पालिकाका मुख्य सीमा नाकाहरु बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरु पनि २० गतेसम्मलाई बन्द गर्ने , निर्माण सामग्री र बिरामी बोक्ने एम्बुलेन्स तथा गाडीबाहेक अरु गाडी सञ्चालनमा रोक लगाउने तथा जथाभावी हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।

इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा थप कडाइ गरिने बताउनुभयो । उहाँले प्रहरीको आँखा छलेर खोलामा माछा मार्ने , मर्निंग वाक जाने र बिना काम यत्रतत्र हिँडडुल गर्ने जस्ता काम नगर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’