पर्वतमा भारतबाट भित्रिए ३१ जना, २९ जनाको स्वाब संकलन गरियो

पर्वत, ११ जेठ । रोजगारीका लागि पर्वतबाट छिमेकी मुलक भारत पुगेका ३१ जना जिल्ला भित्रिएका छन ।
पर्वतमा पछिल्ला दिनमा ३१ जना जिल्लामा भित्रीएका हुन । पछिल्ला दुई दिनमा मात्रै २९ जना भित्रीएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार बेलुका र आइतबार बिहान गरि २९ जना भित्रीएका छन । उनीहरुको पिसिआर परिक्षणका लागि आइतबार बिहान नै स्वब संकलन गरिएको
छ । छ । संकलित स्वाब सं परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।
भारतबाट उनीहरु सवैलाई कुश्मा स्थित शिवालय मावि र ब्लु एन्जल होटलको क्वारेन्टाइनमा राखिएको छ । यस अघि ५ जना शिवालय माविको क्वारेन्टाइनमा बस्दै आएका उनीहरु मध्ये थप २४ जना शनिवार अवेला मात्रै जिल्ला भित्रिएको बताइन्छ । केही पहिले आएका दुई जनाको स्वाब परिक्षणका क्रममा कोरोना संक्रमण नदेखिएपछि क्वारेन्टाईनमा राख्ने गरि सम्बन्धित पालिकामा पठाइएको छ ।

आइतबार १ जना मात्रै पर्वत भित्रिने छन। उनी पोखरामा रहेको र जलजला गाउँपालिकाको समन्वयमा जिल्ला ल्याउने तयारी छ ।
भारत र तेस्रो मुलुकबाट उनीहरुको परिक्षण पछि रिर्पोट पोजेटिभ आएमा उपचारका लागि पर्वत कोरोना अस्पतालको आइसोलेसनमा राखिने भने, रिर्पोट नेगेटिभ आएमा सम्बन्धित वडाको क्वारेन्टाइनमा बस्नका लागि पठाइएनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’