कोरोना कहर-पर्वतमा शव ब्यबस्थापन गर्न दुई स्थान तोकियो

पर्वत , जेठ ११ /बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संक्रमित बिरामीको मृत्यु भएमा शव ब्यबस्थापनका लागि पर्वतमा कुस्मा बजारका दुई स्थान तोकिएको छ । पुरानो ल्याण्डफिल्डको खाली जमिन प्रयोग गरिने छ ।
संक्रमित बिरामीको मृत्यु भएमा कुस्मा नगरपालिका वडा नं ४ स्थित माझमेला सामुदायिक वन र कुस्मा वडा नं ५ को बड्गाउँ सामुदायिक वनलाई छनौट गरिएको छ । माझमेला सामुदायिक वनमा गुप्तेश्वर क्याम्पस पछाडीको खाली चौर र बड्गाउँ सामुदायिक वनको पुरानो ल्याण्डफिल्ड साईडलाई छनौट गरिएको समाचार न्यु कालीगण्डकी दैनिकले प्रकाशित गरेको छ ।
कोरोना अस्पताल नजिक रहेका कारण गुप्तेश्वर क्याम्पस पछाडीको जमिन पनि उपयुक्त छ भने पर्वत अस्पतालमा भेन्टिलेटर रहने भएकाले त्यो ठाउँबाट नजिक सार्वजनिक जग्गा त्यही मात्र भएकाले छनौट गरिएको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
कोरोना संक्रमित बिरामीको उपचार वा ट्रान्सपोर्टका क्रममै मृत्यु भएमा नेपाल सरकार र गण्डकी प्रदेश सरकारले बनाएको शव ब्यबस्थापन सम्बन्धी मापदण्ड र कार्यबिधीका आधारमा कार्यदलको निर्णय अनुसार शब ब्यबस्थापन गर्ने निर्णय समेत जिल्ला कमाण्डपोष्टले गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’