कोरोनाका ३२ जना नयाँ संक्रमित थपिए, संक्रमित संख्या ५ सय ४८

काठमाडौं, जेठ १़०/थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेसविज्ञप्ति अनुसार योसँगै मुलुकमा संक्रमित संख्या ५ सय ४८ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला-काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला-भैरहवा र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला-भरतपुरमा गरिएको परीक्षणमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्।
संक्रमितमा दुई जना महिला र ३० जना पुरूष रहेका छन्।
संक्रमितमध्ये ८ जना कपिलवस्तुको वाणगंगा नगरपालिकाको हुन् भने १३ जना सर्लाही गोडैता तथा कविलासी नगरपालिकाका र एक जना बारा करैयामाइ गाउँपालिकाका हुन्।
यसैगरी अर्का एक ३५ वर्षीय संक्रमित काठमाडौंका पुरूष भएको खुलेको छ।
यसैगरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा फेला परेका ८ जना संक्रमित रुपन्देहीको गैडहवा र रोहिनी गाउँपालिकाका बासिन्दा हुन्।
यस्तै चितवनमा फेलापरेका संक्रमित भरतपुर-६ का बासिन्दा भएको मन्त्रालयले जनाएको छ।
संक्रमितहरूको उमेर १७ देखि ५५ वर्ष रहेको छ।