साँसद गिरी राहत बोकेर घरघरमा(भिडीयो सहित)

पर्वत,जेठ १० । पर्वतबाट प्रत्यक्ष निर्वाचत संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले काठमाण्डौमा अलपत्र परेका पर्वतेलीलाई सहयोग गर्न राहत बोकेर घरघरमा पुग्नुभएको हो ।
संघिय राजधानीमा मजदुरी गर्ने विपन्न परिवार तथा लामो समयको लक डाउनका कारण घर जान नपाउँदा प्रभावित भएका बिद्यार्थीलाई घरघरमै पुगेर राहत बितरण गर्नुभएको हो ।
संसद वैठक जेठ १३ सम्मका लागि स्थगित भए पछि उनी अहिले पर्वत जिल्लाबाट काठमाण्डौंमा बसोबास गर्नेहरुलाई राहत सहयोग गरिहेका छन् । विरामी, मजदुरी गर्ने र विद्यार्थीहरु ५५ दिन भन्दा बढी लामो लक डाउनका कारण समस्या परेका छन् । कतिपय पर्वत जिल्ला भन्दा बाहिरबाट काठमाण्डौंमा बस्नेहरुलाई पनि सांसदले राहत कोष सहयोग गरेको उहाँको भनाई छ ।

राजधानीमा बस्ने जिल्लाबासीहरु आफूलाई सम्पर्क गर्ने हुँदा उनीहरुलाई प्राथमिकतामा राखेर आफूले सहयोग सामाग्रीहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । । उहाँले लक डाउनका कारण समस्यामा पर्नेलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । ‘विपद्को यो घडिमा कोहि पनि समस्यामा नपरोस, कोही पनि भोकै बस्न नपरोस भन्ने मेरो चाहना हो’ उहाँले भन्नुभयो ‘संकटको बेला सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ’ ।
सांसद गिरीले यस अघि पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि आफ्नो ३ महिना बराबरको तलब हस्तान्तरण गर्नुभएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वत जिल्ला कमिटिका अध्यक्ष समेत हुनुहुन्छ ।

भिडियो

सम्बन्धित समाचार

1 Comment for “साँसद गिरी राहत बोकेर घरघरमा(भिडीयो सहित)”

  1. धेरै राम्रो कार्य प्रति माननीय सांसद पदम गिरी ज्यु प्रति सलाम तथा आभार प्रकट गर्दछु । शुभ रहोस्

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’