थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

काठमाडौं, जेठ ९/ कोरोना संक्रमितको संख्यामा थप वृद्धि भएको छ।
शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ।
शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ती ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरत महानगरपालिका–६ केसरवाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन्।
त्यसैगरी नवलरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ का ९ जना सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जना छन्। यसरी संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७४ वर्षसम्मका छन्। यीमध्ये अधिकांश युवाहरु छन्।