भारतबाट पर्वत आएका २ जना शिवालय माविको क्वारेन्टाइनमा, थप ८ जनाको पिसिआर नेगेटिभ

पर्वत , ६ जेठ। भारतबाट फर्केका २ जनालाई कुश्मा स्थित शिवालय माविको क्वारेन्टाइनमा राखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार भारतबाट फर्केका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा राखिएका मध्ये दुवै जना पर्वतबासी रहेको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । उनीहरु मध्ये १ जनाको परिक्षण नेगेटिभ आएको छ । बाँकी एक जनाको भोली स्वाब परिक्षण गरिने अर्यालले बताए । दुवै जनालाई प्रशासन कार्यालयको समन्वयमा पर्वत ल्याइएको अर्यालले जानकारी दिए ।

बाँकेको कोहलपुरबाट जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाडी रिजर्व गरी कास्की, पर्वत र बागलुङका स्थानीय आएका थिए । उनीहरुलाई बसबाट सिधै क्वारेन्टाइनमा राखिएको र परिक्षण गरेपछि संक्रमीत भए उपचार गर्ने संक्रमीत नभए घर पठाइनेछ ।

जिल्लामा लुकी छिपी भारतबाट कोहि आएको रिर्पोट अहिलेसम्म नभएको प्रहरी नायव निरिक्षक अर्याल बताउँछन् । प्रहरीले जिल्लाका सवै वडाहरुमा नयाँ मानिस आए नआएको निगरानी बढाईरहेको समेत अर्यालले जानकारी दिए ।

यस्तै पिसिआर परिक्षणमा थप ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । उनीहरु मध्ये १ जना भारतबाट प्रशासन कार्यालयका समन्वयमा नेपाल आएका छन भने बाँकी जिल्लाकै विभिन्न क्षेत्रका मानिसहरुको स्वाब परिक्षण गरिएको थियो ।

हालसम्म पिसिआर र आरडिटि विधि मार्फत परिक्षण गरिएका सवैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । भोली थप मानिसको पिसिआर परिक्षण गरिनेछ । त्यस मध्य शिवालय मावि कुश्माको क्वारेन्टाइनमा बसेका १ जना र अन्य मानिसको समेत पिसिआर परिक्षण गरिने बताइएको छ ।

शिवालय माविको क्वारेन्टाइनमा बसेकाहरु मध्ये १ जनाको रिर्पोट नेगेटिभ आएको छ भने थप एक जनाको भोली परिक्षण हुने प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’