पर्वतमा खाद्यन्न पसल विहान र बेलुका मात्र खोल्न पाइने

पर्वत , जेष्ठ ६/जिल्ला प्रशासन कार्यालय पर्वतले एक सुचना प्रकाशित गर्दै खाद्यन्नका पसलहरु विहान र बेलुका मात्र खोल्ने नियम जारी गरेको छ । लक डाउनललाई प्रभावकारी पालना गराउनका लागि विहान ७ बजे देखि १० बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म मात्र पसल खोल्न पाइने नियम प्रशासन कार्यायलले बनाएको हो ।
सुचना बमोजीम मेडिकल र कृषिजन्य पसल भने सवै समय खुल्ला हुनेछन् । बाँकी पसलहरु विहान र वेलुका मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धनश्याम गौतमले जानकारी दिएका छन् ।
यस अघि वित्तिय संस्थाहरुलाई पनि बारका आधारमा मात्र खोल्न पाइने नियम प्रशासन कार्यालयले बनाइसकेको छ ।