बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, ५ जेठ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

जसमा एक महिला र ४६ पुरुष रहेका छन् । जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा यो सहित संक्रमितको संख्या ८१ पुगेको छ । आज थपिएका संक्रमितको २ दिनअघि (शनिबार) स्वाब लिइएको थियो ।

नरैनापुरको वडा नं. २ को आदर्श मावि लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोज भगवानपुरबाट ३९ (१ जना मृत्यु), वडा नं. ५ कै नेरा प्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो ।

यी बाहेक ११ जनाको आइतबार स्वाब लिइएको छ । ८ जना संक्रमितमध्ये २ जनाका परिवार ससुराली गएको पाइएपछि आफन्तको समेत स्वाब लिइएको थियो । अन्य विवरणबारे बुझ्ने क्रम जारी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिए ।


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’