पर्वतको महाशीला गाउँपालिकाको पाखापानीका वडा सदस्यको निधन

पर्वत – पर्वतको महाशीला गाउँपालिका वडा नं. ४ पाखापानीका वडा सदस्यको निधन भएको छ । गत निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा सदस्य तेजबहादुर गुरुङको शनिवार निधन भएको हो । उहाँको उपचारका क्रममा काठमाण्डौको ओम अस्पतालमा मृत्यु भएको हो । ५९ वर्षिय गुरुङ लामो समयदेखि कलेजो सम्वन्धि रोगवाट पिडित हुनुहुन्थ्यो ।
गुरुङको भोली आइतवार सामाजिक परम्परा अनुसार दाहसंस्कार गरिने भएको छ ।
यसैबीच महाशीला गाउँपालिकाले शनिवार एक विज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महाशीला गाउँकार्यपालिकाको वैठकले मृतक गुरुङप्रति शोक प्रस्ताव पारित गरेको हो । साथै आइतवार सवै वडा कार्यालयहरुमा शोक विदा दिने निर्णय समेत गरेको महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।