लिम्पियाधुरा, लिपुलेक फिर्ता र नयाँ नक्सा जारी गर्ने नीति तथा कार्यक्रममै घाेषणा

काठमाडौं, जेठ २/ सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी हुन्।

साथै सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ। तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

राष्ट्रपतिले साे घाेषणा गरिरहँदा सांसदहरुले टेबल ठाेकेर स्वागत गरेका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’