कोरोना संक्रमित आइसोलेसनबाट भागे पर्सामा गोली हान्ने अनुमति

वीरगन्ज, जेष्ठ २/ पर्सामा आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित व्यक्ति भागे वा भाग्न खोजे सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गरिएको छ ।

वीरगन्जको नारायणी आस्पतालको आइसोलेसनबाट बुधबार दुईजना संक्रमित भागेका थिए । अस्पतालको शौलालयको भेन्टिलेसन फोरेर भागेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर पुन: आइसोलेसनमा राखेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसमेत चलाउने अधिकार प्रदान गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाए ।

जिल्लामा कोभिड–१९ संक्रमित दिनदिनै बढ्न थालेको र नारायणी अस्पतालको आइसोलेसन बेड पर्याप्त नभएकाले आइसोलेसन बेड थप गर्ने सम्बन्धमा नारायणी अस्पतालले आवश्यक पहल गर्नेसमेत निर्णय भएको छ । तत्कालका लागि कोभिड–१९ को संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएका सामान्य अवस्थामा रहेका व्यक्तिहरुको लागि सिद्धार्थ माविमा आइसोलेसन वार्ड स्थापना गरी त्यहाँ राख्ने व्यवस्था मिलाउने निर्णय भएको जनाइएको छ ।

वैशाख ३० गते साँझ ८ बजेदेखि जिल्लाभरि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । यसैगरी जिल्लामा कोभिड–१९ संक्रमणका शंकास्पद व्यक्तिहरु बढ्दै गएकोले त्यस्ता शंकास्पद व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीहरुलार्य क्वारेन्टाइनको रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिहरुलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

साथै कोही कसैले तोकिएका शर्त र मापदण्ड पालना गर्ने र सुरक्षा निकायको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिई समूहमा बस्न चाहेमा त्यस भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने निर्णय भएको सहायक प्रजिअ बस्नेतले बताए ।

हालसम्म पीसीआर परीक्षणका लागि स्वाब दिएका तर क्वारेन्टाइनमा नराखिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएको छ । संक्रमण देखिएका व्यक्तिहरुको ‘कनट्याक्ट ट्रेसिङ’ गर्नका लािग जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, प्रहरी र सम्बन्धित स्थानीय तहका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्ज रक्सौल सीमानाका, आईसीपी, सुख्खा बन्दरगाह यही जिल्लामा रहेकोले देशभरी अत्यावश्यक मालवस्तु तथा अन्य सामग्रीको आपूर्ति सहज बनाउन, राजस्व परिचालनमा समेत सहयोग पुयाउन आयात निर्यातसँग सम्बन्धित व्यवस्थापनमा सहजीकरण गर्न जरुरी देखिएकोले भन्सार कार्यालयका कर्मचारी तथा भन्सार जाँचपाससँग सम्बन्धित भन्सार एजेन्ट, आयात एवं निर्यातकर्ता र तिनका कर्मचारीलाई पास वितरण गर्ने अधिकार सम्बन्धित भन्सार कार्यालयलाई नै प्रदान गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’