पर्बतमा रहेका बित्तीय संस्थाहरु हप्ताको दुई दिनमात्र खुल्ने ,सहकारीको कारोबार बन्द हुने

पर्बत, जेठ १ । पर्बतमा रहेका बिभिन्न बित्तीय संस्थाहरु पनि अब हप्ताको दुई दिनमात्र सञ्चालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यलय पर्बतले बिहिबार एक बिज्ञप्ती प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो
। बित्तीय संस्थाहरु अब बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सञ्चालनमा आउने भएका हुन । बिहिबार प्रकाशित बिज्ञप्तीका
अनुसार कामना सेबा बिकास बैक,राष्ट्रिय बाणिज्य बैक,नेपाल बंगलादेश बैक,मुक्तिmनाथ बिकास बैक,सेन्चुरी कमर्सियल बैक, ग्लोबल आईएमई बैक र नेपाल बैक आईतबार र बुधबार मात्र खुल्ने छन् ।
त्यसैगरी स्रागिला डेभलभमेन्ट बैक,एनआईसि एसिया बैक,गण्डकी बिकास बैक, प्राईम कमर्सियल बैक, एभरेष्ट बैक, गरीमा बिकास बैक र सनराईज बिकास बैक सोमबार र बिहिबार मात्र खुल्ला रहनेछन् ।
त्यस्तै कुमारी बेक, कृषि बिकास बैक, देब बिकास बैक,प्रभु बैक, माछापुच्छे« बैक र मेघा बैक मंगलबार र शुक्रबार खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमद्धारा जारी हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।
जिल्ला सदरमुकाम भन्दा बाहेक स्थानिय तहमा रहेका सबै बित्तीय संस्थाहरु प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सञ्चालनमा आउने छन् । साथै पर्बत जिल्ला भर रहेका सम्पुर्ण सहकारी संस्था, लघुबित्त, बिमा कम्पनी अर्का सुचना नआएसम्मको लागि बन्द रहने पनि बिज्ञप्तीमा जनाईएको छ ।