सांसद गिरीले दिए उपचार गर्न पर्वत अस्पताललाई ३ महिनाको तलब

पर्वत/ नेकपाका सांसद पदम गिरीले कोरोना संक्रमितको उपचारका लागि३ महिना बराबरको तलब पर्वत अस्पताललाई सहयोग गरेका छन ।


साँसद गिरीले यस अघि नै घोषणा गरेको तीन महिनाको तलब बराबरको १ लाख २६ हजार पर्वत जिल्ला अस्पतालको खातामा जम्मा गरेका हुन ।


साँसद गिरीले घोषणा गरेको रकम पर्वत अस्पताल मार्फत खर्च गर्ने जिल्ला कमाण्ड पोष्ट पर्वत र कोभिड संक्रमण नियनत्रण समिति ९सिसिएमसी०ले निर्णय गरेपछि पर्वत अस्पतालको खातामा बुधबार रकम जम्मा भएको छ । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापना गरी पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि ३ महिनाको तलब घोषणा गरेका थिए । अस्पताललाई तीन महिनाको तलब रकम सहयोगको घोषणा गर्ने साँसदमा गिरी पहिलो ब्यक्ति हुन् ।

जिल्ला अस्पतालले कोरोना रोगको उपचारका लागि अस्थायी कोरोना अस्पताल समेतको स्थापना गरेको छ । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका विजयी सांसद गिरीले आफूलाई मतदान गर्ने जनतालाई कोरोनाको उपचारका लागि आफूले सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

गिरीले कोरोना विरुद्धको लडाईमा सवै जना होम क्वारेन्टाइनमा बसेर सहयोग गर्न पर्वतबासीलाई आब्हान समेत गर्नुभएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’