भारतीय क्वरेण्टीनमा बसेकामध्ये एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ , बैशाख ३१/ स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वरेण्टीनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।
नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वरेण्टीनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताउनुयो ।
पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वरेण्टीनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताउनुभयो । रुपन्देहीको सीमापारी रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा एक जनामा कोरोना देखिएको हो ।