काठमाडौं र भक्तपुरका सहित एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय १७

काठमाडौं, बैशाख ३०/ नेपालमा एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई-दुई जना तथा काठमाण्डौ र सर्लाहीमा एक-एक जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि आज दिउँसो पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार मङ्गलबारसम्म पीसीआर विधिबाट १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ।
यस्तै २ सय २८ जनालाई आइसोलेशनमा र १२ हजार सात सय ८५ जनालाई क्वरेण्टीनमा राखिएको छ।
काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन्।
