कालापानी लिपुलेक मुद्दामा नाकावन्दीमा जस्तै ओली सरकारको अडान

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डताको मामिलामा नाकावन्दीको बेलाको जस्तै अडान देखाएको छ ।


भारतले कब्जा गरेको नेपाली भूमि कालापानी लिपुलेक क्षेत्रमा भारतले बनाएको सडक गत शुक्रबार त्यहाँका रक्षामन्त्रीले दिल्लीमा बसेर अनलाइन उद्घाटन गरेका हुन् । नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन नेकपाभित्रैबाट भएको प्रयास असफल भए लगत्तै भारतले लिपुलेकको सडक उद्घाटन गरेर नेपालसँग निहुँ खोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपाली भूमि मिचेर बनाइएको सडक र गरिएको उद्घाटन विरुद्ध विरुद्ध ओली सरकारले कडा कूटनीतिक रवैया अपनाइरहेको छ ।

भारतीय अतिक्रमण विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली खुलेर बोलिरहेका छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मर्यादित तर कडा भाषामा भारतलाई चेतावनी दिइसकेका छन् । संघीय संसद्को दुवै सदनमा परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय अतिक्रमण विरुद्ध धारणा राखिसकेका छन् ।

यस बीचमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर कालापानी लिपुलेक अतिक्रमणमा प्रश्न गरेको छ । राजदूतलाई नै बोलाएर औपचारिक विरोध जनाइनुलाई अन्तराष्ट्रिय कूटनीतिमा अत्यन्तै निर्णायक मानिन्छ ।

जानकारहरु भन्छन्– ‘ओली सरकारले नाकावन्दी कालमा जस्तै भारत विरुद्ध कडा अडान लिइरहेको छ ।’

कालापानी लिपुलेक क्षेत्रमा भारतले दशकौंदेखि कब्जा जमाउँदै आएको छ । तर, विगतका सरकारहरु अतिक्रमण विरुद्ध चुईंक्क बोलेका थिएनन् । तर, केपी ओली नेतृत्वको सरकारले भने अतिक्रमणको खुला प्रतिवाद गर्दै आइरहेको छ । त्यहाँ सडक समेत उद्घाटन गरिएपछि ओली सरकार झन कडा रुपमा प्रस्तुत भएको छ । यस्तो बेला सरकारको समर्थन गरिनुपर्नेमा सडकमा उत्रिएर विरोध गरिनुलाई अनौठो मानिन थालेको छ ।

राजनीतिशास्त्रकका अध्यापक सुन्दर कार्की भन्छन्– ‘विगत नाकावन्दीका बेला दस गजामा धर्ना बस्न जाने तथा त्यस्ताहरुको समर्थन गर्नेहरु अहिले सडकमा उत्रिएका छन् । देशको पक्षमा अडान लिइरहेको सरकारको विरोधमा उनीहरु उत्रिनुले नाकावन्दीको बेलाको दसगजा काठमाडौंमा सरेको देखिन्छ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’