कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरूपमा सिल

काठमाडौं,२९ बैशाख /लगातार १५ जनामा कोरेना संक्रमण देखिएपछि कपिलबस्तु जिल्लालाई पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२०को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्ला बन्द राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

“कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेकाले राजपत्रमा प्रकाशित अति आवश्यकीय वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ लगायत) दिइने छ । जिल्लाभित्र गुड्ने सबै सवारी साधन, मानिसको आवतजावतमा पूर्णतः रोक लगाइएको छ,” पौडेलले भने ।

कपिलवस्तुमा हालसम्म १५ जना कोरोना संक्रमित फेला गरेका छन् । उनीहरूको बुटवलको अस्थायी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’