कोरोना विरुद्धको अभियानमा ब्यक्तिगत खर्चमा सहयोग बाड्दै गाउँपालिका अध्यक्ष मल्ल

पर्वत,२९ वैशाख/ जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल कोरोना भाइरसबिरुद्धको अभियानमा निरन्तर सक्रिय भएका छन् । जलजलाबासीको कोरोना भाइरस लागेमा निशुल्क उपचार गरीदिने घोषणा गरेका मल्लले यो अभियानमा ब्यक्तिगत रुपमा पाँच लाखबढी लगानी गरेका छन् । सुरुमा जलजला गाउँपालिकाको राहत कोषमा ब्यक्तिगत दुई लाख रुपैयाँ जम्मा गरेका मल्लले कुश्मा नगरपालिकाले बनाएको राहत कोषमा ३० हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै गरी महाशिलास्थित नेपाली काँग्रेसले बनाएको राहत कोषमा ३० हजार, नेपाली काँग्रेस फलेबासले बनाएको राहत कोषमा ५० हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरसबाट प्रभावित भएर सरकारले लकडाउन गरेपछि विभिन्न ठाउँमा अलपत्र परेका मजदुर, श्रमिक लगायत विभिन्न ब्यक्तिलाई आफ्नै लगानीमा उद्धार गर्दै आएका मल्लले फलेबास नगरपालिका र बिहादी गाउँपालिकालाई थर्मोगन, मास्क, सेनीटाइजर, पञ्जालगायतका सामाग्री प्रदान गरेका छन् । फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई ती सामाग्री हस्तान्तरण गरेका मल्लले महाशिला, पैयूँ र मोदी गाउँपालिकामा पनि ती सामाग्री प्रदान गर्ने जानकारी दिए ।

समग्र विश्व समुदाय कोरोना भाईरस अर्थात कोभिड–१९ को महामारीबाट आक्रान्त भएको वेला अध्यक्ष मल्लले देखाएको मानवीय भावना प्रशंसनीय भएको जनप्रतिनिधिहरूले वताएका छन् । अध्यक्ष मल्लले शुरूवाती चरणबाटै कोरोना भाईरस विरूद्धको अभियानमा आफूलाई समर्पित गर्दै आएका छन् । यसअघि जलजला गाउँपालिकाका कृषकहरुले सहयोग गरेको तरकारी कुश्मामा ल्याएर मजदुर तथा बिपन्नलाई बितरण गर्न भुमिका खेलेका मल्लले जलजला गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधीलगायत स्वास्थ्य सामाग्री तयारी अवस्थामा राखेको जानकारी दिए । मल्लले जलजला गाउँपालिका क्षेत्रमा कोलोरिङ छर्कनका लागि थप ५० हजार रुपैयाँ समेत लगानी गरेका थिए ।

PROMOTED CONTENTMgid

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’