भारतमा अलपत्र परेका पर्वत जिल्लाबासी मजदुरका बारेमा राष्ट्रियसभा अध्यक्षको चाँसो, आबश्यक सहयोग गर्न राजदुतलाई निर्देशन


पर्वत /कोरोना भाईरसका कारण काम बिहीन बनेर भारतको दिल्लीमा अलपत्र परेका पर्वतका ५० जना मजदुरका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चाँसो राख्नु भएको छ ।
अध्यक्ष तिमिल्सिनाले आइतबार भारतका लागि नेपालीका राजदुत डा. निलाम्बर आचार्यलाई टेलिफोन गरेर अलपत्र मजदुरको बारेमा चाँसो राख्दै समस्या बुझेर आबश्यक सहयोग गर्न निर्देशन दिनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाको सचिबालयका उपसचिब उदबीर नेपालीका अनुसार अध्यक्ष तिमिल्सिनाले राजदुत डा. आचार्यलाई टेलिफोनमा सम्पर्क गरि अलपत्र परेका मजदुरहरुको अबस्था बुझेर आबश्यक सबै सहयोग गर्न निर्देशन दिनुभएको छ । उपसचिब नेपालीले गृह जिल्लाबासीको समस्या प्रति अध्यक्ष तिमिल्सिनाले चाँसो देखाउनु भएको र अलपत्र मजदुरहरुले आबश्यक सहयोग र राहत पाउने बिश्वास ब्यक्त गर्नुभयो ।
कोरोनाको महामारीका कारण काम गर्दै आएका होटल तथा उद्योगहरु बन्द भारतको राजधानी दिल्लीको सकरपुरमा काम गर्ने ५० मजदुर अलपत्र परेका छन । अलपत्र परेका मजदुरले सरकार संग उद्दारका लागि माग गरिरहेका छन । अलपत्र परेका अधिकाँश मज्दुर पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका छन भने केही वडा नं ११ पकुवा र १२ ठुलीपोखरीका बासिन्दा पनि रहेका छन । उनीहरु संगै कञ्चनपुर, कास्की, काठमाडौं र दार्जि्लिङका १÷१ मजदुर पनि अलपत्र परेका छन ।
गाँस न बासको अवस्थामा पुग्न लागेका सबै जनाको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको सोही समूहमा रहेका नवीन कुमार दर्जीले बताउनुभयो । उहाँका अनुसार अधिकांशले वर्षौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गर्दै आएका थिए भने केहीले विद्युतीय सामग्रीहरु बिक्री गर्ने पसलमा हेल्परको काम गर्ने गरेका थिए।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा भारत सरकारले लकडाउन लागू गरेपछि होटेल, रेस्टुरेन्ट तथा विद्युतीय पसल बन्द भएपछि कार्यरत मजदुर तथा कर्मचारी पनि निकालिए। कामबाट निकालिने बेलामा आफूहरुले पाउनुपर्ने पछिल्लो २ महिनाको तलबसमेत नदिइएका कारण दाल र चामलसमेत किनेर खान नसक्ने अवस्था आइसकेको उनीहरुले बताएका छन्।


४० भन्दा लामो समय देखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेको र आफूहरु कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा र चासो नदिएको पनि नवीन कुमारको भनाई छ। आफूहरुको अवस्थाबारे बताउँदै राजदूतावासमा सम्पर्क गर्दा सजिलै फोन नउठेको र उठिहालेमा पनि ‘रेस्पोन्स’ नगरेको पीडितहरुको भनाइ छ। ‘एम्बेसीमा १,२ पटक जसोतसो कुरा हुँदा अर्को नम्बर दिनुभो, अर्कोले अर्को, अर्कोले अर्को नम्बर मात्र दिने रहेछन्। अन्तिममा यो मेरो काम होइन, मबाट यो गर्न सकिन्न भन्दै तर्किए’ नवीन भन्नुहुन्छ ‘२ महिनादेखि कोठाको भाडा तिर्न सकेका छैनौँ, मकानवालाले अब भने घरबाट निकालिदिने भनेको छ। हामीसँग पानी खाने पैसा छैन, भाडा कसरी दिउँरु’ भाडा तिर्न नसक्दा अढाई वर्षे बच्चासहित सबै नेपालीहरु सडकमा बेवारिसे भएर हिँड्नुपर्ने अवस्था आएको उनीहरुले बताउँदै आएका छन । ताउँछन्।
समाप्त बैषाख २८

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’