म्याग्दीमा निर्माण सकिएको छ महिनामै भत्कियो पुल

म्याग्दी , बैशाख २८/ निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँत जोड्ने पुल जीर्ण बनेको छ।

पूर्वाधार विकास कार्यालयले दुई करोड १० लाख रुपैयाँ लागतमा कालिका शर्मा रसुवा जेभीले गत मंसिरमा उक्त पुल निर्माण सम्पन्न गरेको थियो।

५३ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेका स्थानीय पत्रकार सेते तिलिजाले जानकारी दिए। पुल दायाँबायाँको भागको जमिन भासिएको छ भने पर्खाल समेत भत्किन थालेको स्थानीयको भनाइ छ।

पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमबारे स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ। ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिहरुलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीय सुबोध बरुवाल क्षत्री बताउँछन्।थाहाखबरबाट
R

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’