विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघ्यो,अमेरिकामा ८० हजार भन्दा धेरैको ज्यान गयो

काठमाडौं ,बैशाख २८/ विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ ।
विश्वमा ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ भने २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ। विश्वभर निको हुनेको संख्या १४ लाख ३५ हजार ३ सय ११ छ। विश्वमा ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर छ।
महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट ज्यन गुमाउनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ। २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ। त्यहाँ २ लाखय ३७ हजार भन्दा बढी निको भएका छन्।
त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ। बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ। बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ। स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ। त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ।
रुसमा विगत ७ दिनयता तीब्र रुपमा फैलिएको संक्रमणका कारण दैनिक करिब ११ जनामा संक्रमण देखिएको छ। रुसमा संक्रमितको संख्या १ लाख ९८ हजार ६ सय ७६ पुगेको छ। त्यहाँ १८ सय २७ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा २६ हजार ३ सय १० को मृत्यु हुँदा १ लाख ७६ हजार ६ सय ५८ मा संक्रमण छ।
जर्मनीमा १ लाख ७१ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ भने त्यहाँ ७ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ब्राजिलमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। ब्राजिलमा १० हजार ६ सय ५६ जनामा संक्रमण भेटिएको छ भने १ लाख ५६ हजार ६१ जनामा संक्रमण छ। टर्कीमा १ लाख ३७ हजारमा संक्रमण छभने ३ हजार ७ सय ३९ जना संक्रमित भेटिएका छन्।
इरानमा ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ १ लाख ६ हजार २ सय २० जनामा संक्रमण भेटिएको छ। चीनमा ८२ हजार ८ सय ८७ जनामा संक्रमण छ। त्यस्तै त्यहाँ ७८ हजार ४६ निको भइसकेका छन्। भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ। त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गएको छ।
विज्ञहरुले संक्रमितको संख्या अझ बढी हुन सक्ने चेतावनी दिएका छन् किनभने कतिपय देशहरुमा परीक्षणको दायरा निकै कम कम रहेको छ ।
स्पेनलगातय केही देशहरुमा दैनिक मृत्यु दर कम हुँदै गइरहेको छ तर लकडाउन खुकुलो बनाउँदा महामारीको दोस्रो लहर आउन सक्ने खतरा अझै बाँकी रहेको छ ।
कुनै बेला युरोपको हटस्पट बनेको इटालीले यो हप्तादेखि लकडाउनलाई केही खुकुलो बनाएको छ । उता, फ्रान्समा पनि पछिल्लो २४ घण्टामा एक महिना यताकै सबैभन्दा कम मृत्यु भएको छ ।
यसको साथै विभिन्न देशका सरकारहरु महामारीका कारण आउने सम्भावित आर्थिक मन्दीसँग जुझ्ने तयारीमा पनि लागेका छन् ।